६९ औँ प्रहरी दिवसको अवसरमा नेपाल पुलिस स्कुलमा मिति २०८१।०६।०६ गते सञ्चालन भएको 'साइबर सुरक्षा आजको आवश्यकता' शीर्षकमा भएको प्रदेश स्तरीय अन्तर विद्यालय निबन्ध लेखन प्रतियोगितामा तीन जिल्लाका २८ विद्यालयबाट सहभागी भएका ४३ जना विद्यार्थीहरूलाई पछि पार्दै नवज्योति स्कुल सुर्खेतको छात्रा प्रतीक्षा थापा प्रथम हुन सफल हुनुभएको छ।त्यसैगरी द्वितीय र तृतीय स्थान निम्न बमोजिमका विद्यार्थी र विद्यालयले हात परेकाछन्।
१. प्रथम - प्रतिक्षा थापा ( नवज्योती स्कुल, सुर्खेत)
२. द्वितीय- झरना सोनी ( सिद्धार्थ पाठशाला, सुर्खेत)
३. तृतीय- चाँदनी शाही ठकुरी (कोपिला भ्याली स्कुल, सुर्खेत)
सबैलाई हार्दिक बधाई सहित थप प्रगतिको कामना व्यक्त गर्दछौं।
0 Comments